Kathmandu Press

खाद्य कम्पनीद्वारा खसीबोका बिक्री सुरु

कम्पनीले यस वर्ष खसीबोका र च्याङ्ग्रा गरी २५ सय गोटा बिक्री गर्ने लक्ष्य लिएको जनाएको छ।
खाद्य कम्पनीद्वारा खसीबोका बिक्री सुरु

काठमाडाैं, असाेज १२ : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि खसीबोका बिक्री सुरु गरेको छ।

कम्पनीले यस वर्ष खसीबोका र च्याङ्ग्रा गरी २५ सय गोटा बिक्री गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीले खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ५० तोकेको छ।

कम्पनीका प्रादेशिक प्रमुख ज्ञानु थापाले खसी, बोका बजारभन्दा सस्तोमा बिक्री भइरहेको जानकारी दिए। उनले खसी, बोकाको अभाव हुन नदिने र उपभोक्ताको माग अनुसार थप भित्राइने बताए।

कम्पनीले बिहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसी, बोका बिक्रीवितरणको व्यवस्था मिलाएको उनले बताए। कम्पनीबाट बिक्री हुने खसीबोकाको स्वास्थ जाँच गरिएको उनको भनाइ छ।

नेपालमा वर्ष १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुने गरेको पशु सेवा विभागले जनाएको छ। जसमा ४५ लाख खसीबोका मासुका लागि योग्य हुने विभागको भनाइ छ।

काठमाडौंमा मात्रै करिब १ हजार २ सयको हाराहारीमा खसीबोका दैनिकजसो काट्ने गरिन्छ।

प्रकाशित मिति: १७:०५ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्