Kathmandu Press

रवीन्द्र मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष 

रवीन्द्र मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष 

काठमाडौं, असोज १२ : विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। 

बुधबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मिश्र नेतृत्वको बृहत धु्रवीकरण समूह र राप्रपाबीच एकता घोषणा भएको हो। 

राप्रपाले उनलाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाएको छ । पार्टी एकता घोषणामा अध्यक्ष लिङ्देन र मिश्रले हस्ताक्षर गरेका छन्।

मिश्रसँगै गएका अन्य नेताहरुलाई एक हप्ताभित्र जिम्मेवारी दिनेगरी सहमति भएको छ। 
 
एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए। एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्