रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण समूह र राप्रपाबीच एकता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं, असोज १२ : विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुविकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।
काठमाडौैको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको ध्रुवीकरण समूहबीच एकता घोषणा भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
एकता घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउने बताइएको छ।
एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए। एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।

-1786106234.jpg)




-1786106234.jpg)




