कांग्रेस केन्द्रीय कार्यालयमा शेखर पक्षको धर्ना सुरु

काठमाडौं, असोज १२ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षको धर्ना सुरु भएको छ ।
आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै शेखर कोइराला समूहका नेताहरुले धर्ना सुरु गरेका हुन्। कोइराला पक्षका दर्जनौं नेताहरुले ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानर बोकेर धर्नामा बसेका छन् ।
धर्ना शान्तिपूर्ण र पूर्ण रुपमा मौन रहेको एक नेताले जानकारी दिएका छन् । शेखर पक्षको सोमबार बसेको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चितता नभए संघर्ष गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाएका छन् । उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् ।

-1786106234.jpg)




-1786106234.jpg)




