Kathmandu Press

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौंमा 

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौंमा 

काठमाडौं, असोज १२ : अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो नेपाल आइपुगेकी छन् । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रूडो आज बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् । 

अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रुडोले नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन्।

अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार फैलाएको आरोप लगाएको छ । 

ट्रूडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

पछिल्लो पटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रम फैलाएको अमेरिकी आरोप छ । तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो ।

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्