गठबन्धनबीचको सिट बाँडफाँट सहमति नजिक, १५ सिटमा टुंंगो लाग्न बाँकी
झण्डै १५ सिटमा सहमति हुन नसक्दा त्यस बिषयमा पनि कार्यदलले बैकल्पिक प्रस्ताव सहित शिर्ष नेताहरुको बैठकमा सहमतिका लागि पेश गरेको छ।
काठमाडौं, असोज १२ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठवन्धन सहित चुनावमा होमिने निर्णय गरेका सात्तारुढ पाँच दल देशभरका निवाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन्।
सिट बाँडफाँटलाई अन्तिम रुप दिन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलका शिर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठकमा यसअघि गठन भएको पाँच दलका नेताहरु सहभागि कार्य दलले सहमति प्रस्ताव पेश गरेको छ । उक्त प्रस्तावमा शिर्ष नेताहरुमा सहमति जुटेपछि आजै बुलुका वा ढिलामा भोलीसम्ममा सहमति सार्वजनिक गरिने बताइएको छ।
कार्यदलले प्रतिनिधिसभामा र प्रदेशसभामा पाँच दलबीच कुन क्षेत्रमा कुन दलले उम्मेदबार दिने भन्ने खाका तयार गरेको छ । जस अनुसार प्रत्येक्षमा नेपाली कांग्रेस ९० सिटको वरिपरी, नेकपा माओवादी केन्द्र ४० सिटको वरिपरि, जनता समाजवादी पार्टी १५ सिटको परिवरी, नेकपा एकिकृत समाजवादी १५ सिटको वपिरि र जनमोर्चाले २ सिट लिने प्रस्ताव तयार भएको छ।
झण्डै १५ सिटमा सहमति हुन नसक्दा त्यस बिषयमा पनि कार्यदलले बैकल्पिक प्रस्ताव सहित शिर्ष नेताहरुको बैठकमा सहमतिका लागि पेश गरेको छ।

-1786106234.jpg)




-1786106234.jpg)




