मैत्रीपूर्ण खेलमा ब्राजिल र अर्जेन्टिनाको सानदार जित
मंगलबार राति भएको खेलमा ब्राजिलले ट्युनिसियामाथि ५–१को जित निकाल्दा अर्जेन्टिनाले जमैकामाथि ३–०को जित निकाल्यो ।
काठमाडाैं, असाेज १२ : मैत्रीपूर्ण खेलमा दुई दक्षिण अमेरिकी मुलुक ब्राजिल र अर्जेन्टिनाले सहज जित निकालेका छन् । मंगलबार राति भएको खेलमा ब्राजिलले ट्युनिसियामाथि ५–१को जित निकाल्दा अर्जेन्टिनाले जमैकामाथि ३–०को जित निकाल्यो ।
ट्युनिसियाविरुद्ध ब्राजिललाई जित दिलाउन राफिन्हाले २ गोल गर्दा रिचार्लिसन, नेमार र पेड्रोले गोल गरे भने ट्युनिसियाका मोन्टसार टाल्वीले गोल गरेका थिए।
११औं मिनेटमा राफिन्हाको गोलमा ब्राजिलले सुरूआती अग्रता लियो । १८ औं मिनेटमा ट्यूनिसियाका टाल्बीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर, त्यसको एक मिनेटपछि नै ब्राजिलले पुनः खेलमा अग्रता लियो । १९औं मिनेटमा रिचार्लिसनले गोल गरेको थिएश्र
नेइमारले २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिलले ३–१को अग्रता लियो । ४०औं मिनेटमा रिफिन्हाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४–१ ले अग्रता बनायो ।
दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको ट्युनिसियामाथि ब्राजिलले थप एक गोल गर्यो। खेलको ७४ औं मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिलको फराकिलो जित पक्का गरे।
यसैगरी अर्को खेलमा लियोनल मेसी चम्किएपछि अर्जेन्टिनाले जमैकामाटि ३–०को जित निकाल्यो। अर्जेन्टिनाको जित मेसी २ तथा जुलियन अल्भारेजले १ गोल गरे ।
१३औं मिनेटमा अल्भारेजको गोलमा खेलमा अर्जेन्टिनाले अग्रता लियो । उनले लाउटारो मार्टिनेजको पासमा गोल गरेका थिए ।
पहिलो हाफ १–०मै सकिएको खेलमा ८६औं मिनेटमा मेसीले अग्रता दोब्बर बनाए । मेसीले जियोभानी लोसेल्सोको पासलाई सदुपयोग गरे। ८९औं मिनेटमा मेसीले नै गोल गरेपछि अर्जेन्टिनाले खेल ३–०ले जित्यो।











