नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडाैं, असाेज १२ : स्पेन युईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको लिगको अन्तिम खेलमा पोर्चुगलमाथि १–०को संघर्षपूर्ण जित निकाल्दै स्पेनले चौथो टिमका रुपमा नेसन्स लिगमा स्थान पक्का गरेको हो।
योसँगै नेसनस लिगको सेमिफाइनल समीकरण पनि पुरा भएको छ। यसअघि क्रोएसिया, इटाली र नेदरल्यान्ड्सले पनि सेमिफाइनल पुगिसकेका छन्।
लिग एको ग्रुप २को अन्तिम खेलमा स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले गोल गरे। उनले ८७औं मिनेटमा निको विलियम्सको पासमा गोल गरेका थिए। त्यही गोल स्प्ेनलाई सेमिफाइनल पु¥याउन पर्याप्त भयो।
स्पेनलाई केही मिटन मात्र रोक्न सकेको भए पोर्चुगल सेमिफाइनल पुग्ने थियो। स्पेनले ३ जितसहित ११ अंक जोड्दा पोर्चुगल १० अंकसहित दोस्रो भयो । यता, अन्तिम खेलमा चेक रिपब्लिकलाई हराएको स्वीट्जरल्यान्ड ९ अंकसहित तेस्रो हुँदा चेकले ४ अंकमात्र जोड्न सक्यो।











