Kathmandu Press

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्दैै

मिश्रलाई कुन पद दिने औपचारिक घोषणा नभएपनि राप्रपाले उनलाई उपाध्यक्षसहित तेस्रो वरीयता दिने बताइएको छ।
रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्दैै

काठमाडाैं, असाेज १२ : सोमबार मात्र विवेकशील साझा पार्टी छाडेका नेता रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्दैछन्। मिश्रलाई पार्टी प्रवेश गराउनका लागि राप्रपाले दिउँसो १ बजे राष्ट्रिय गृहमा एक कार्यक्रम आयोजना गर्दैछ ।

रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको हो।

राजेन्द्र लिङ्देन र आफू एक ठाउँ आउनुपर्छ भन्ने धेरैको चाहना भएकाले आफूहरु एकठाउँमा आएको रवीन्द्रले बताएका छन्। ‘राजेन्द्रजी र म एक ठाउँमा आउनु पर्यो भन्ने धेरैको चाहना र प्रेरणा थियो। हामी आज औपचारिक रूपमा एक ठाउँमा आउँदैछौँ,’ उनले ट्विटरमा लेखेका छन्।

मिश्रलाई कुन पद दिने औपचारिक घोषणा नभएपनि राप्रपाले उनलाई उपाध्यक्षसहित तेस्रो वरीयता दिने बताइएको छ।

राजनीतिक ध्रुवीकरणमा लागेको र त्यसले मूर्तरुप दिन पार्टी परिवर्तन गर्नु पर्ने भएकाले विकेशील साझा छोड्नु परेको मिश्रले बताएका थिए ।

प्रकाशित मिति: ०९:५४ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्