बालुवाटारमा नेपाली कांग्रेसको पदाधिकारी बैठक
नेपाली कांग्रेसको पदाधिकारीको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको छ।
काठमाडौं, असोज १२ : नेपाली कांग्रेसको पदाधिकारीको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको छ।
आगामी प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको समानुपातिक सूचीका विषयमा भएको विवाद समाधान गर्न बैठक बसिरहेको कांग्रेस उपसभापति धनराज गुरुङले बताए। यससँगै सीट बाँडफाँडका विषयमा गठबन्धनभित्र भइरहेको विवादका विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने उनले बताए।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए। मंगलबार पनि कांग्रेस पदाधिकारी बैठक बसेको थियो।
गठबन्धनको विषयलाई लिएर कांग्रेसभित्र शुरुआतदेखि नै विवाद छ। डा. शेखर कोइराला पक्षले गठबन्धन गर्न नहुने माग गर्दै आएको छ।
कांग्रेसका पदाधिकारी भने गठबन्धन गरेर चुनावमा जानुपर्ने पक्षमा छन्। जसका आधारमा गठबन्धनका शीर्ष नेताले आगामी चुनावमा तालमेल गरेर जाने सहमति गरेका थिए।

-1786106234.jpg)




-1786106234.jpg)




