Kathmandu Press

सल्यान दुर्घटना: सबैको सनाखन, पाँच एकै परिवारका

सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत भएको छ।
सल्यान दुर्घटना: सबैको सनाखन, पाँच एकै परिवारका

सल्यान, असोज १२ : सल्यानको कपुरकोटमा भएको जीप दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत भएको छ।

बाँकेको धकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकास्थित रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट ३ मूलपानीमा दुर्घटना भएको हो। दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।

मृत्यु हुनेमा कपुरकोट गाउँपालिका ६ जलवाङका जीप चालक २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीया धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय वसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षया कुमारी ओली र ३५ वर्षीय ललित ओली रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष खनालले बताए।

उनीहरुमध्ये खुमलाल, कुमारी, धर्म, ललित र वसन्त एकै परिवारका हुन्। उनीहरु आफन्तको बिहेमा सहभागी भएर घर फर्किरहेका थिए।

दुर्घटनामा कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओली घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको खनालले बताए।

रातिको समयमा जीप अनियन्त्रित भई सडकबाट डेढ सय मिटर तल खसेको उनले बताए।

प्रकाशित मिति: ०८:३३ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्