मनसुनी रेखा दक्षिणतिर, आजबाट मौसममा सुधार हुने
आजदेखि देशभरको मौसममा सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं, असोज १२ : आजदेखि देशभरको मौसममा सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणी भूभागमा अवस्थित छ। जसले गर्दा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।
प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार र शुक्रबार पनि सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

-1786106234.jpg)




-1786106234.jpg)




