Kathmandu Press

निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन?

आयोगले निर्वाचन आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन?

काठमाडौं, असोज १२ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आचारसंहिता लागू भएको छ।

आजदेखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार असोज ११ गते बसेको आयोगको बैठकले आजबाट आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

यसअघि नै आयोगले भदौ १३ गते निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित गरेको थियो। आयोगले निर्वाचन आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। त्यसलाई स्वच्त, धाँधलिरहीन र मर्यादित वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको थपलियाको भनाइ छ।

सबै राजनीतिक दल र सरोकारवालासँग छलफल गरेरै आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ। आचारसंहिता विपरीतका कामकारबाही गरेमा कानून अनुसार कारबाही हुने थपलियाले बताए।

निर्वाचन आचारसंहिताको पूर्णपाठ:

प्रकाशित मिति: ०६:५६ बजे, बुधबार, असोज १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्