सल्यानमा जीप दुर्घटना, आठ जनाको मृत्यु
सल्यानको कपुरकोटमा गएराति जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सल्यान, असोज १२ : सल्यानको कपुरकोटमा गएराति जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सल्यानको रिमकोटबाट फर्किँदै गरेको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले बताए। बिहे भोजमा सहभागी हुन गएका उनीहरु रिमकोटबाट बाँकेको धकेरी फर्किरहेका थिए।
दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको खनालले बताए।
राति दुर्घटना भए पनि स्थानीय बासिन्दाले आज बिहान मात्रै जानकारी दिएको प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
प्रकाशित मिति: ०६:४० बजे, बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




