Kathmandu Press

बंगलादेशविरुद्ध चम्किए अञ्जन, सुरुआतमै नेपाललाई २–०काे अग्रता

अञ्जन विष्ट चम्किएपछि बंगलादेशविरुद्ध नेपालले सुरुआतमै २ गोलको अग्रता लिएको छ।
बंगलादेशविरुद्ध चम्किए अञ्जन, सुरुआतमै नेपाललाई २–०काे अग्रता

काठमाडाैं, असाेज ११ : बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सुरुआतमै उत्कृष्ट सुरुआत गरेको छ। दशरथ रंगशालामा जारी खेलमा अञ्जन विष्ट चम्किएपछि नेपालले सुरुआतमै २–०को अग्रता लिएको हो।

खेलको १७औं मिनेटमा मिनेटमा अञ्जनले विमल घर्तिमगरको पासमा हेडिङमार्फत नेपाललाई अग्रता दिलाए । यस्तै, अञ्जनले २६औं मिनेटमा नेपलको अग्रता दोब्बर बनाए ।

यो पटक उनले तेज तामाङको प्रहार बंगलादेशी किपरले रोकेपछि आएको रिवाउन्डमा गोल गरेका थिए । नेपालले लङ बल खेल्दै बंगालदेशलाई दबाबमा राखेको छ। राष्ट्रिय टिममा अञ्जनको यो नवौं गोल हो।

 

प्रकाशित मिति: १७:५४ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्