पूर्वप्रधान्यायाधीशको प्रश्न– संविधान उल्लङ्घन साहसिक कदम हुन्छ ?

काठमाडौं, असोज ११ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताएका छन् ।
सङ्घीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनमाथिको छलफलमा उनले ऐन मिच्नेले कारबाही भोग्नु पर्ने तर संविधान उल्लङ्घन कार्य चाहिँ राजनीतिक कदम हुने परिस्थितिले कसरी लोकतन्त्रसँग सुदृढ हुन सक्छ ? भनी प्रश्न गरे ।
संविधान उल्लङ्घनलाई आपराधीकरण गर्नुपर्ने र राजनीतिक मतान्तरण भयो भनेर संविधान उल्लङ्घन गर्न नपाईने उनले बताए। उनले संघीयता सम्बन्धी आवश्यक ऐन नबनाउदा प्रदेश र स्थानीय तहमा त्यसको असर देखिएको जिकिर गरे। संसदबाट केहि कानून बनेको भन्दै कति उपलव्धी मान्ने भन्ने प्रश्न उठेको उनको भनाई छ । उनले परिवर्तनको अनुभूतिका लागि आवश्यक ऐनहरु संसदमा आउन नसकेको धारणा राखे।
कार्यक्रममा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा देखिएको अस्थिरताले मुलुकका समस्यालाई प्राथमिकीकरण गर्न नसकेको धारणा राखे।

-1786106234.jpg)




-1786106234.jpg)




