Kathmandu Press

‘वैदेशिक रोजगारसम्बन्धी सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिवद्ध छ’  

‘वैदेशिक रोजगारसम्बन्धी सेवालाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिवद्ध छ’  

काठमाडौं, असोज ११ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारी सम्बन्धी सेवाहरुलाई छिटो, छरितो र पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयको ध्यान केन्द्रीत भएको बताएका छन्।

मंगलबार सिंहदरबारमा ९० दिने कार्यकालमा भएका कामहरुका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दै मन्त्री कुँवरले सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाह गर्दै वैदेशिक रोजगारका क्षेत्रलाई प्रभावकारी बनाउन ध्यान केन्द्रीत भएको बताएका हुन्। 

उनले श्रम स्वीकृती तथा पुनः स्वीकृतिको कामलाई पूर्ण रुपमा अनलाईन प्रणालीमा आवद्ध गरिएको जानकारी दिए। नयाँ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा अतिरिक्त सातवटै प्रदेशमा रहेका श्रम कार्यालयहरुबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको उनले बताए। 

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम गठन गरिएको र भएका ठगी, अलपत्र वा सम्झौता विपरीतका कार्य सम्बन्धी पीडितलाई पीडक मार्फत ४८ करोड ४ लाख ८५ हजार क्षतिपूर्ति उपलब्ध गराइएको जानकारी दिए। उनले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूका लागि पुनः एकीकरण कार्यक्रम तिनै वटा तहबाट सञ्चालनमा रहेको पनि बताए। .

मन्त्री कुँवरले आफुले मन्त्रालयको कार्यभार सम्हालेपछि सामाजिक सुरक्षा, व्यावसायिक सीप विकास तथा तालिम, सेवा प्रवाहमा सुधार लगायतका कार्यहरु रहेको बताए। 

 

प्रकाशित मिति: १७:३१ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्