Kathmandu Press

कांग्रेस प्रवक्ता भन्छन्– सहमतिबाटै समानुपातिकको सूची तयार भएको हो, एकलौटी गरिएको छैन 

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले समानुपातिक सूची तयार गर्दा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताएका हुन् ।
कांग्रेस प्रवक्ता भन्छन्– सहमतिबाटै समानुपातिकको सूची तयार भएको हो, एकलौटी गरिएको छैन 

काठमाडौं, असोज ११ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहमतिबाटै समानुपातिक सूची तयारी भएको बताएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले समानुपातिक सूची तयार गर्दा एकलौटी गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताएका हुन् ।

‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिमा सूची पेश गरिएको हो,’ डा. महतले भने,‘एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन।’

उनले समानुपातिक सूचीका विषयलाई लिएर भइरहेका विरोधहरु अनावश्यक रहेको पनि बताए । उक्त विरोध पार्टी हित र अनुशासन विपरित रहेको पनि उनको भनाई छ । डा महतले विरोधी पक्षलाई नेतृत्व तहले नजिकबाट नियालीरहेको बताएका छन्। 

समानुपातिक सूचीमा एकलौटी गरिएको भन्दै संस्थापन इतर पक्षले आन्दोलनको घोषणा गरेको छ । समानुपातिक सूचीमा इतर पक्षले ४० प्रतिशत सिट पाउनुपर्ने उनीहरुको माग छ । 

प्रकाशित मिति: १६:२१ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्