Kathmandu Press

शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे बुझ्न अस्पताल पुगे कांग्रेस नेता सिंह

शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे बुझ्न अस्पताल पुगे कांग्रेस नेता सिंह

काठमाडौं, असोज ११ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । 

नेता सिंहले मंगलबार ललितपुरको इमाडोलस्थीत किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । नेता सिंहले उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरे। 

सो क्रममा जोशीले आफ्नो अन्तिम इच्छा ‘चक्रसंवर’ को पौभाः चित्र सरकारलाई प्रदान गर्ने रहेकोमा यसलाई बनाउनका लागि सरकारले आवश्यक सहयोग गर्न आग्रह गरेको नेता सिंहले बताए। 

शताब्दी पुरुष जोशी डेंगी संक्रमणका कारण किष्ट अस्पतालमा उपचाररत छन्। 

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्