महानगरभित्र उपप्रमुखको नेतृत्वमा बजार अनुगमन (तस्बिरहरु)

काठमाडौं, असोज ११ : काठमाडौं महानगरपालिकाले आजदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन सुरु भएको हो।

मंगलबार तीन टोली परिचालन गरी अनुगमन गरिएको काठमाडौं महानगरले जानकारी दिएको छ। उपप्रमुख डंगोलले नेतृत्व गरेको टोलील प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार तथा त्यस क्षेत्रमा रहेका मासु पसल अनुगमन गरेको थियो । त्यस्तै खाद्य संस्थान थापाथलीको सुपथ मूल्य पसलको विक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार कक्षमा पनि टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा खाद्य संस्थानले बेचेको चामल नै म्याद गुज्रिन लागेको भेटिएको महानगरले जनाएको छ । त्यस्ती कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा पनि महानगरको टोलीले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिन लागेका वस्तुहरु बेच्न राखिएको भेटिएपछि महानगरकी उपप्रमुख डंगोलले उपभोक्तालाई अखाद्य वस्तु बेच्नेलाई कारवाही गर्ने चेतावनी दिएकी थिइन् । उनले सामान खरिद गर्दा उपभोक्ता पनि सचेत भए अखाद्य वस्तु बेच्ने प्रवृत्ति निरुत्साहित हुने बताउँदै आफूले किन्ने खाद्यवस्तुको बारेमा सम्पूर्ण विवरण जानेर मात्रै सामान खरिद गर्न आग्रह गरिन् ।
उनले अनधिकृत व्यापारिक क्रियाकलापकका सन्दर्भमा गुनासो भए महानगरको हटलाइन नम्बर १६६००१ ०५५११ र ११८० मा सम्पर्क गर्न आग्रह गरिन् ।







-1786106234.jpg)




-1786106234.jpg)




