Kathmandu Press

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु निर्णायक छलफलमा

दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरुलाई दसैँ अगाडि नै भागबण्डा टुंगो लगाएर उम्मेदवार चयन  गरिसक्नुपर्ने दबाब दलहरुलाई छ ।
बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु निर्णायक छलफलमा

काठमाडौं, असोज ११ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनका शीर्ष नेताहरु निर्णयक छलफलमा जुटेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार मध्याह्न गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । आजको बैठकले सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी छ । 

दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरुलाई दसैँ अगाडि नै भागबण्डा टुंगो लगाएर उम्मेदवार चयन  गरिसक्नुपर्ने दबाब दलहरुलाई छ ।

गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये अधिकतम सिटमा सहमति जुटिसकेको छ भने प्रदेशसभातर्फका ३३० सिटको बाँडफाँटबारे कार्यदलले आइतबार र सोमबार छलफल गरेर त्यसबारे भएको सहमति शीर्ष नेताहरूलाई बुझाएका छन् ।

कार्यदलले दिएको निचोडका आधारमा मंगलबार शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । बिहान ११ बजेदेखि बालुवाटारमा सिट बाँडफाँटको विषयमा छलफल भइरहेको बताइएको छ ।
 
नेताहरूका अनुसार गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये नेपाली कांग्रेसले ८०/८५, माओवादी केन्द्रले ४५/४७, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले १५/१७ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमतिको प्रारम्भिक खाका तयार भएको छ । 
 

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, असोज ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्