मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार

काठमाडौं, असोज ११ : मनास्लुको हिमपहिरोमा परी घाइते भएका ९ जनालाई उद्धार गरिएको छ ।
प्रहरीका अनुसार पहिरोमा परी गम्भीर घाइते भएका दुई जनासहित ६ जनालाई मंगलबार बिहान हेलिकप्टरबाट उद्धार गरिएको हो । तीन जनालाई भने सोमबार साँझ उद्धार गरिएको थियो ।
खराब मौसमका कारण हिमपहिरोका घाइतेहरुलाई चाँडै उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ । मंगलबार उद्धार गरिएका ६ जनालाई काठमाडौंको कपनस्थित करुणा अस्पताल ल्याइएको छ।
हिमपहिरोमा परेका अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफै फर्किने खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए।
गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो ।
प्रकाशित मिति: १०:३१ बजे, मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




