नेसन्स लिग : हंगेरीलाई हराउँदै इटाली सेमिफाइनलमा, इंग्ल्यान्ड रेलिगेसनमा
विश्वकपमा छनोट हुन असफल इटाली समूहको अन्तिम खेलमा हंगेरीले उसकै मैदानमा २–०ले हराउँदै नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ।
हंगेरीलाई हराउँदै इटाली युइएफए नेसन्स लिगको सेमिफाइनलमा फोरमा प्रवेश गरेको छ। लिगको अन्तिम खेलमा इटालीले हंगेरीलाई २–० ले हरायो ।
इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले गोल गरे। पुस्कास एरिना बुडापेस्टमा सोमबार राति भएको खेलको खेलको २७ औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई सुरूआती अग्रता दिलाए।
पहिलो हाफमा १–० ले अघि रहेको इटालीले खेलको ५२औं मिनेटमा फेडरिको डिमार्कोले गोलबाट अग्रता दोब्बर पार्यो। त्यसपछि खेलमा गोल हुन नसक्दा इटाली २(० ले फाइनल चारमा प्रवेश गर्यो।
यो जितसँगै समूह ३ मा इटाली ११ अंकसहित शीर्ष स्थानमा रह्यो । र, सेमिफाइनल यात्रा तय ग¥यो । यता, हंगेरी भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनका बाबजुद १० अंकसहित दोस्रो भयो । इटालीविरुद्ध बराबरीले पनि उ सेमिफाइनलमा पुग्ने थियो।
यता, सोमबार राति नै भएको यही समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३–३ गोलको बराबरी खेलेका छन्। यो बराबरीपछि एक खेल पनि जित्न नसकेको युरोकपको फाइनलिस्ट इंग्ल्यान्ड लिग एबाट रेलिगेसनमा पर्दै लिग बीमा झरेको छ।
खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। इंग्ल्यान्डका मासन माउन्ट, लुक श र ह्यारी केनले गोल गर्दा जर्मनीका काइ हाभर्ट्जले २ तथा इल्के गुन्डोकानले १ गोल गरे। समूह ३ मा जर्मनीले ७ अंक जोड्दा इंल्यान्डले ३ अंक मात्र जोड्न सक्यो।
नेसन्स लिगको सेमिफाइनल पुग्ने १ टिमको मात्र टुंगो लाग्न बाँकी छ। त्यो एक टिम पोर्चुगल र स्पेनमध्ये एक हुने छन्। दुवै आजराति आपसमा भिड्दै छन्। यसअघि इटालीसँगै नेदरल्यान्डस र क्रोएसियाले अन्तिम चारमा स्थान बनाइरहेका छन्।











