सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी
प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । नेपाल प्रहरीको आग्रहमा डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् ।
काठमाडौं, असोज १० : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । नेपाल प्रहरीको आग्रहमा डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् । इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको दुई दिन भएको बुझिएको छ।
सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् ।
आइतबार मात्र सन्दीपले फेसबुक स्टाट्स मार्फत आफू मानसिक तनावमा रहेको र कानुनी लडाई लड्न नेपाल फर्कने जनाएका थिए ।
प्रकाशित मिति: १९:२७ बजे, सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
