बंगलादेशविरुद्धको खेल हेर्न दर्शकले ५ सयदेखि ५ हजारसम्म तिर्नुपर्ने

काठमाडौं, असोज १० : नेपाली राष्ट्रिष्य फुटबल टिमले बंगालादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ। खेल मंगलबार साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण गरेको छ। यसपटक एन्फाले टिकट मूल्य निकै महँगो बनाएको छ।
यसअघि ५ सयदेखि १५ सयसम्म हुने टिकट मूल्य यो पटक ५ हजारसम्म छ। एन्फाले सामान्य प्याराफिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार र ५ हजार रुपैयाँ टिकटदर तोकेको छ।
बंगालदेशविरुद्धको टिकट मूल्य तोकेसँगै मूल्य निकै महँगो भएको भन्दै विरोध भएको छ। यता, एन्फाले भने टिकट दर महँगो नभएको बताएको छ। एन्फा महासचिव किरण राईले ५ सय मूल्य ठिकै भएको बताउँदै टिकट किन्न नसक्ने दर्शकका लागि भनेर प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको बताए।
प्रकाशित मिति: १८:१३ बजे, सोमबार, असोज १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











