मनास्लु हिमपहिरोमा परेकाहरुको उद्धार सुरु, २ जनालाई काठमाडौं ल्याइयो
गोरखाका प्रहरी उपरीक्षक केदार खनालले हिमपहिरोमा परेकामध्ये २ जनाको उद्धार गरी काठमाडौं पठाइएको जानकारी दिएका छन् ।
काठमाडौं, असोज १० : गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा परेकाहरुलाई उद्धार गर्न सुरु गरिएको छ।
आइतबार दिनभरको मौसम प्रतिकुल रहेकाले प्रभावित भएको खोजीकार्य अपराह्न मौसम केही सफा भएपछि सुरु गरिएको थियो । गोरखाका प्रहरी उपरीक्षक केदार खनालले हिमपहिरोमा परेकामध्ये २ जनाको उद्धार गरी काठमाडौं पठाइएको जानकारी दिएका छन् ।
कैलास एयरको हेलिकप्टरबाट उद्धार गरिएका दुई जनालाई काठमाडौंको कपनस्थित एक अस्पताल लगिएको उनले बताए । थप दुई जनालाई हिमपहिरोस्थलबाट तल ल्याइएको पनि उनले बताए ।
एसपी खनालले पहिरोमा परेका अन्य व्यक्तिहरुको उद्धारकार्य अगाडि बढाइएको बताए । तर, मौसम पूर्णरुपमा सफा नहुँदा उद्धारमा समस्या आएको उनको भनाई छ ।
सोमबार बिहानमनास्लुको तेस्रो आधार शिविरबाट अक्सिजनलगायत सामग्री लिएर चौथो आधार शिविर जाँदै गरेका आरोहीका सहयोगी हिउँ पहिरोमा परेका थिए।

-1786106234.jpg)




-1786106234.jpg)




