Kathmandu Press

प्रतिकुल मौसमका कारण मनास्लु हिमपहिरोमा फसेकाहरूको उद्दारमा समस्या 

उद्दारका लागि हेलिकप्टर पठाइएपनि प्रतिकुल मौसमका कारण बेपत्ताहरुको खोजी हुन नसकेको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। 
प्रतिकुल मौसमका कारण मनास्लु हिमपहिरोमा फसेकाहरूको उद्दारमा समस्या 

काठमाडौं, असोज १० : सोमबार बिहान ८ बजे मनास्लु हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरुको अहिलेसम्म उद्दार हुन सकेको छैन ।

उद्दारका लागि हेलिकप्टर पठाइएपनि प्रतिकुल मौसमका कारण बेपत्ताहरुको खोजी हुन नसकेको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। 

बिहान ८ बजे गएको हिमपहिरोमा परी आरोहण दलका केही सदस्य र भरियाहरु बेपत्ता भएको खबर आएलगत्तै उद्दार र खोजीको प्रयास भएपनि मौसम बाधक बनेको एसपी खनालले बताए । 

उनका अनुसार बेपत्ता हुनेहरुमा पाँच जना शेर्पा रहेका छन् । अन्य के कति छन् भन्नेबारे जानकारी प्राप्त नभएको उनले बताए । हिमपहिरोमा परेकाहरु सामान्य घाइते भएको जानकारी आएको पनि उनले बताए । 

बेपत्ता आरोहीहरुको खोजीका लागि सिम्रिक र एभेरेष्टका हेलिकोप्टर  परिचालन गरिएको छ । तर मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन्। 

फर्किएका हेलिकप्टरहरुलाई स्ट्याण्डबाइ राखिएको र एउटा हेलिकप्टर आवश्यक पर्दा आउने भनि काठमाडौं फर्किएको एसपी खनालले जानकारी दिए। 

 

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्