Kathmandu Press

मुलुकको विकास कांग्रेसले मात्रै गर्नसक्छ : बस्नेत 

मुलुकको विकास कांग्रेसले मात्रै गर्नसक्छ : बस्नेत 

काठमाडौं, असोज १० : नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले मुलुकको बिकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । 

सोमबार सिन्धुपाल्चाकको वलेफी–८ जुरे, ड्यामसाईड स्थित वनसाँघु पुस्तकालय व्यवस्थापन एवम् भवन निर्माण शिलान्यास गर्दै नेता बस्नेतले मुलुकमा प्राकृतिक बिपत्तिपछि जनतामाझ जाने पार्टी कांग्रेस नै भएको र बिकासको काम कांग्रेसले मात्रै गर्न सक्ने बताएका हुन्। 

नेता बस्नेतले सिन्धुपाल्चोकमा भएको पटक पटकको बिपत्तिमा पनि कांग्रेस नै अघि बढेर जनताका साथमा काम गरेको जिकिर गरे। यसअघि कांग्रेस खोज्नुपर्ने सिन्धुपाल्चोकमा अहिले कांग्रेस नै एक नंवरको पार्टी भएको उनको दावी छ ।

नेता बस्नेतले यसपटकको निर्वाचनमा पनि कांग्रेसले सानदार बिजयी हासिल गर्ने भन्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए। 

त्यस्तै उनले पुस्तकालय भवन निर्माणका लागि कुनै कमि हुन नदिने धारणा राखे। 

 

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्