Kathmandu Press

मनास्लुमा हिमपहिरो, पाँच नेपाली आरोही बेपत्ता 

मनास्लुमा हिमपहिरो, पाँच नेपाली आरोही बेपत्ता 

काठमाडौं, असोज १० : मनास्लु आरोहणका लागि गएका पाँच नेपाली आराहेी हिमपहिरोमा पारी वेपत्ता भएका भएका छन्। 

हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन्। 

बेपत्ता आरोहीहरुको खोजीका लागि दुइटा हेलिकोप्टर   परिचालन गरिएको छ । तर मौसम खराबीका कारण मनास्लुको ३ नम्बर ४ नम्बर बेस क्याम्पका लागि पठाइएका हेलिकोप्टर अवतरण गर्न नसकी फर्किएका छन्। 

प्रहरीका अनुसार बेपत्ता आरोहीको खोजीका लागि सिम्रिक र एभरेस्टका हेलिकोप्टर पठाइएको थियो। 

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्