नेतृत्वलाई दबाब दिन कांग्रेस संस्थापन इतर पक्षले गर्याे आन्दोलनको घोषणा
बन्दसूचीमा उम्मेदवारको नाम राख्दा नेतृत्वले गरेको मनोमानी सच्याउन भन्दै उनीहरूले बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिने बताएका छन् ।
काठमाडौं, असोज १० : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आन्दोलनको घोषणा गरेको छ । निर्वाचन आयोगमा कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गर्दै संस्थाप इतर पक्षले आन्दोलन घोषणा गरेको हो।
सोमबार काठमाडौंको ठमेलस्थित एक होटेलमा बसेको कोइराला पक्षको दोस्रो तहका नेताहरुको भेलाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र शक्ति सन्तुलन नमिलाई एकलौटी रुपमा समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरी बुझाएको भन्दै आन्दोलनको घोषणा गरिएको एक नेताले जानकारी दिए।
बन्दसूचीमा उम्मेदवारको नाम राख्दा नेतृत्वले गरेको मनोमानी सच्याउन भन्दै उनीहरूले बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिने बताएका छन्।
नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईं लगायतले छलफल गरी टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै खबरदारी गर्न लागेका छन्।
असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने उनीहरूको भनाइ छ।

-1786106234.jpg)




-1786106234.jpg)




