नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं, असोज १० : नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सरेका छन् ।
सोमबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा बनेको एक तले घरमा प्रचण्ड र उनकी पत्नी सीता दाहाल सरेका हुन् ।
चितवन क्षेत्र नम्बर ३ स्थित आफ्नै निर्वाचन क्षेत्रको प्रचण्डले घर बनाएका हुन्। नयाँ एकतले घर बनाइएको ६ कठ्ठा जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको बताइएको छ। यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा बस्ने गरेका थिए।
मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ। बिरामी पत्नी सीतासँगै उनी चितवन पुगेका छन्। आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तासँग भेटघाटलाई उनले तीव्र पारेका छन्।
पछिल्लो समय जिल्लाका केही चर्चित नेताहरुले माओवादी छाडेर एमालेतिर लागेपछि प्रचण्डलाई चुनौती थपिएको छ। यस्तोमा चितवन ३ का नेता कार्यकर्ता रिझाउन उनी चितवन पुगेका हुन्।

-1786106234.jpg)




-1786106234.jpg)




