Kathmandu Press

भारतले जित्यो अस्ट्रेलियाविरुद्धको टि–२० सिरिज

आइतबार राति हैदरावादमा भएको अन्तिम खेलमा अस्ट्रेलियामाथि ६ विकेटको सानदार जित निकाल्दै भारतले सिरिज २–१ले जितेको हो ।
भारतले जित्यो अस्ट्रेलियाविरुद्धको टि–२० सिरिज

काठमाडाैं, असाेज १० : अस्ट्रेलियाविरुद्धको टि–२० सिरिज भारतले जितेको छ। आइतबार राति हैदरावादमा भएको अन्तिम खेलमा अस्ट्रेलियामाथि ६ विकेटको सानदार जित निकाल्दै भारतले सिरिज २–१ले जितेको हो ।

मोहालीमा भएको पहिलो खेल अस्ट्रेलियाले ४ विकेटले जितेको थियो भने नागपुरमा भएको वर्षाप्रभावित दोस्रो खेल भारतले ६ विकेटले नै जितेको थियो।

अस्ट्रेलियाले दिएको १८७ रन लक्ष्य भारतले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि टि–२० क्रिकेटका नम्बर एक ब्याट्सम्यान सूर्यकुमार यादवले सर्वाधिक ६९ रन बनाए । उनले ३६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए।

यस्तै कोहलीले ४८ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए। ३० रन बनाउँदै २ विकेट गुमाएको भारतका लागि कोहली यादवले तेस्रो विकेटका लागि १०४ रनको उत्कृष्ट साझेदारी गरेका थिए। कप्तान रोहित शर्माले १४ बलमा २ चौका र १ छक्कासहित १७ र  हार्दिक पाण्ड्याले १६ बलमा २५ रन बनाउँदा बनाए।

अष्ट्रेलियाका लागि ड्यानियल साम्सले २ विकेट लिँदा जोश हेजलवुड र प्याट कमिन्सले समान एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। उसका लागि ओपनर क्यामरन ग्रीन र टिम डेभिडले  बिस्फोटक ब्याटिङ गर्दै अर्धसतक पुरा गरे।

ग्रीनले २१ बलमा ७ चौका र ३ छक्कासहित ५२ रन बनाउँदा डेभिडले २७ बलमा चार छक्का र २ चौकासहित ५४ रन बनाए। डेविडको यो अष्ट्रेलियाका लागि पहिलो अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरे।

भारतका लागि अक्षर पटेलले सर्वाधिक ३ विकेट लिए। भुवनेश्वर कुमार, हर्षल पटेल र युजभेन्द्र चहलले एसमा एक विकेट हात पारे।

 

प्रकाशित मिति: ०९:१२ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्