Kathmandu Press

नेदरल्यान्ड्स र क्रोएसिया नेसन्स लिगको सेमिफाइनलमा

घरेलु मैदानमा नेदरल्यान्ड्सले बेल्जियममाथि १–०को जित निकाल्दा क्रोएसियाले अस्ट्रियामाथि ३–१को जित निकाल्दै सेमिफाइलनमा स्थान पक्का गरे।
नेदरल्यान्ड्स र क्रोएसिया नेसन्स लिगको सेमिफाइनलमा

काठमाडाैं, असाेज १० : नेदरल्यान्ड्स र क्रोएसिया युईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको समूहका अन्तिम खेलमा जित निकाल्दै दुवै टिमले सेमिफाइनलमा स्थान बनाएका हुन्।

घरेलु मैदानमा नेदरल्यान्ड्सले बेल्जियममाथि १–०को जित निकाल्दा क्रोएसियाले अस्ट्रियामाथि ३–१को जित निकाल्दै सेमिफाइलनमा स्थान पक्का गरे।

बोल्जियमविरुद्ध नेरल्यान्ड्सलाई जित दिलाउन कप्तान भिर्गिल भान गाइकले निर्णायक गोल गरे। उनले खेलको ७३औं मिनेटमा गोल गरेका थिए।

1523528a4b1664168857.jpg

यो जितसँगै लिग एको समूह डीमा नेदरल्यान्ड्स अपराजित रह्यो। उसले ६ खेलमा ५ जित र १ बराबरीसहित १६ अंक जोड्यो। १० अंक जोडेको बेल्जियम दोस्रो हुँदा पोल्यान्ड ७ अंकसहित तेस्रो भयो । १ अंक मात्र जोड्न सकेको वेल्स भने रेलिगेसनमा परेको छ।

यता, अस्ट्रियालाई ३–१ले पराजित गरेको क्रोएसिया समूह १ बाट सेमिफाइलनमा पुग्यो । अस्ट्रियाविरुद्ध क्रोएसियालाई जित दिलाउन कप्तान लुका मोड्रिच, मार्को लिवाज र डेजान लोर्वेनले गोल गरे। अस्ट्रियाका क्रिस्टोफोर बाउमार्टनरले गोल गरेका थिए।

६औं मिनेटमा मोड्रिचको गोल क्रोएसियाले अग्रता लियो। त्यसको तीन मिनेटपछि नै बाउमार्टनरले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काए । तर, ६९औं मिनेटमा लिवाज र लोर्वेनले गोल गरेपछि क्रोएसिया ३–१ले विजयी भयो। यही समूहको अर्को खेलमा डेनमार्कले फ्रान्समाथि २–०को जित निकाल्यो।

समूह १का १३ अंकसहित क्रोएसिया शीर्ष स्थानमा रहँदा १२ अंक जोडेको डेनमार्क दोस्रो, ५ अंक जोडेको फ्रान्स तेस्रो र ४ अंकसहित अस्ट्रिया पुछारमा रह्यो।
 

 

प्रकाशित मिति: १०:४२ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्