Kathmandu Press

झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु: सन्दीप लामिछाने

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले छिट्टै नेपाल फर्किने तरखरमा रहेको बताएका छन्।
झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु: सन्दीप लामिछाने

काठमाडौं, असोज १० : बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले छिट्टै नेपाल फर्किने तरखरमा रहेको बताएका छन्।

उनी विरुद्ध गत भदौ २१ गते बलात्कार उजुरी परेको थियो। त्यसमा प्रहरीले अनुसन्धान गर्न पक्राउ पुजी जारी गरेको छ।

गत भदौ ६ गते राष्ट्रिय टोलीसँगै केन्या गएका थिए। प्रतियोगिता सकिएपछि नेपाली टोली फर्किएको थियो भने उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज गएका थिए।

Image

तर, बलात्कारको आरोपमा पक्राउ पुजी जारी भएपनि उनले सीपीएल पनि खेलेनन्। त्यसपछि घर फर्किन लागेको जानकारी दिएका थिए।

लामो समयसम्म नफर्केपछि उनी भागेको समाचार आएका थिए। सामाजिक सञ्जालबाट त्यसको जवाफ दिँदै लामिछानेले आफू छिट्टै नेपाल फर्किने बताएका हुन्।

 

 

प्रकाशित मिति: ०८:१३ बजे, सोमबार, असोज १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्