Kathmandu Press

आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित हुने ओलीको दाबी 

आइतबार झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनविरोधी तत्वलाई पराजित गर्न जनताले एमालेलाई साथ दिन अनुरोध गरेका हुन्।
आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित हुने ओलीको दाबी 

काठमाडौं, असोज ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनबाट जनविरोधी तत्व पराजित भएर जाने दाबी गरेका छन्।

आइतबार झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनविरोधी तत्वलाई पराजित गर्न जनताले एमालेलाई साथ दिन अनुरोध गरेका हुन्।

 उनले जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिन सम्भव भएकाले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे।

उनले भने, ‘आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ।’ उनले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गरे। 

प्रकाशित मिति: २०:०५ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्