Kathmandu Press

पछिल्लाे २४ घण्टामा १ हजार ५०४ जना डेंगु संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ ।
पछिल्लाे २४ घण्टामा १ हजार ५०४ जना डेंगु संक्रमित

काठमाडाैं : नेपालमा पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ।

अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ। त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ।

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्