कांग्रेसले प्रदेशअनुसार छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने

काठमाडाैं : नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ ।
प्रदेशकाे संरचना अनुसार सात प्रदेशकाे लागि पहिलोपटक छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउन लागिएको हो ।
केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माका अनुसार मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको हाे।
'केन्द्रीय घोषणापत्र प्रमुख हुने भइ नै हाल्यो । केन्द्रीय घोषणापत्रमा प्रदेशको सार पनि राखिएको हुन्छ’, शर्माले भने, ‘प्रदेश समितिहरुले घोषणापत्र आफ्नो भौगोलिक अवस्था र सामथ्र्यको आधारमा बनाउँछन् ।’
सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ सह-महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि सात जनालाई जिम्मेवारी दिएको छ ।
जसअनुसार प्रदेश १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, मधेसमा भीष्मराज आङ्दम्बे, बागमतीमा महेन्द्र यादव, गण्डकीमा बद्री पाण्डे, लुम्बिनी प्रदेशमा जीवन परियार, कर्णालीमा फरमुल्लाह मन्सुरलाई जिम्मेवारी दिइएको छ ।
सुदूरपश्चिमका लागि केन्द्रीय सदस्य मीन विश्वकर्मालाई तोकिएको छ ।
कांग्रेसले चुनावी घोषणापत्र बनाउन महामन्त्री शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनाएको छ ।

-1786106234.jpg)




-1786106234.jpg)




