Kathmandu Press

सभामुख-उपसभामुखको पदावधि खुलाउन राष्ट्रिय सभाका अध्यक्षद्वारा निर्वाचन आयोगलाई पत्र

‘प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनु हुन निर्देशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ।
सभामुख-उपसभामुखको पदावधि खुलाउन राष्ट्रिय सभाका अध्यक्षद्वारा निर्वाचन आयोगलाई पत्र

काठमाडौं, असोज ९ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेको खुलासा भएकाे छ।

दलहरुले समानुपातिक तर्फको बन्द सूची असोज २ गते निर्वाचन आयोगमा बुझाएसँगै प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको कार्यकाल सकिएको निर्वाचन आयोगले यसअघि नै व्याख्या गरिसकेको छ।  तर सभामुख र उपसभामुखले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता अवधिसम्म आफूहरुको कार्यकाल रहने दाबी गर्दै आएका छन्।

अध्यक्ष तिमिल्सनाले असाेज ६ गते निजी सचिव सुशीला आचार्यमार्फत  सभामुख र उपसभामुखको पदावधि खुलाउन निर्वाचन आयोगलाई पत्र लेखेका हुन्।

‘प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो खुलाई पठाइदिनु हुन निर्देशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ।

Rastriya-sabhia-patra1664106872.jpg

प्रकाशित मिति: १७:२४ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्