Kathmandu Press

मन्त्रिपरिषद निर्णय : सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि सरकारले एक नर्स उपलब्ध गराउने

सरकारले सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता, सवारीको गति लगाएका विषयमा अनुगमन गर्न समिति गठन गरेको छ।
मन्त्रिपरिषद निर्णय : सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि सरकारले एक नर्स उपलब्ध गराउने

काठमाडाैं, असाेज ९ : सरकारले सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता, सवारीको गति लगाएका विषयमा अनुगमन गर्न समिति गठन गरेको छ।

मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं दुर्घटनालाई न्यूनीकरण गरी नागरिकको आवागमनलाई सुरक्षित बनाउन सवारीसाधनको अवस्थाको अनुगमन, नियमन, सुपरिवेक्षण गर्न गृहमन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए।

बैठकले विज्ञापन बोर्डका लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने शताव्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई सहज जिवन यापनका लािग मासिक २५ हजार भत्ता उपलव्ध गराउदै आएको उक्त रकममा बृद्धि गरि मासिक ५० हजार रुपैया उपलव्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो। त्यस्तै मन्त्रीपरिषद्ले दार्चुला जिल्लाको महाकाली नगरपालीका र नौगाढ गाँउपालीकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए।

बैठकले चूरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तीक स्वीकृत प्रदान गर्ने, बिभिन्न स्थानीय तहहरुलाई बिभिन्न प्रयोजनका लािग जग्गा प्राप्त गर्न स्वीकृती दिने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्