राष्ट्रपति भण्डारीद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत त्यसबारे जानकारी दिएका हुन्।
काठमाडौं, असाेज ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्।
राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको बैठक एवं मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिन राष्ट्रपति भण्डारीले सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत त्यसबारे जानकारी दिएका हुन्।
एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्थाअनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि सेना परिचालन गर्न स्वीकृति दिइएको विज्ञप्ति उल्लेख छ।

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




