Kathmandu Press

हेटौंडास्थित डाटा रिकभरी सेन्टरमा आगलागी

हेटौंडास्थित डाटा रिकभरी सेन्टरमा आगलागी

काठमाडौं, असोज ९ : हेटौंडा उपमहानगरपालिका-४ को हुप्रचौरस्थित डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर) मा आगलागी भएको छ। डाटा रिकभरी सेन्टर सरकारी सूचनाहरु ‘ब्याकअप’ गर्न बनाइएको हो।

आगो निभाउने प्रयास भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, वाग्मती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन गरिएकाे जनाइएकाे छ।

आगलागी कारण केकति  क्षति भयाे भन्नेबारे अहिलेसम्म जानकारी आइनसकेको प्रहरीकाे भनाइ छ।

डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पड्किएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएकाे छ। अवस्था बुझ्न काठमाडौंबाट एक प्राविधिक टोली हेटौंडा जाँदै गरेकाे बताइएकाे छ। 

आगलागीका कारण कतिपय सरकारी अनलाइन सेवा तथा सूचना प्रणालीमा असर पर्न सक्ने अनुमान गरिएकाे छ। यसअघि काठमाडौंमा रहेको डाटा सेन्टरमा पनि ब्याट्री पड्किएर आगलागीकाे घटना भएको जनाइएकाे छ।

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्