Kathmandu Press

माओवादीमा पहिरो : धनकुटाका सबै नेताहले दिए सामूहिक राजीनामा 

मंसिर ४ गते हुने संसदीय निर्वाचनमा प्रतिनिधि सभातर्फको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने माग राख्दै आएका उनीहरुले आइतबार सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।
माओवादीमा पहिरो : धनकुटाका सबै नेताहले दिए सामूहिक राजीनामा 

काठमाडौं, असोज ९ : नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । 

आइतबार जिल्ला संयोजक डिल्लीराम राईले विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र जिल्ला समन्वय समितिका सदस्यरुहले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । 

मंसिर ४ गते हुने संसदीय निर्वाचनमा प्रतिनिधि सभातर्फको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने माग राख्दै आएका उनीहरुले आइतबार सामूहिक राजीनामाको घोषणा गरेका हुन् । 

आसन्न मंसिर ४ गतेको  संघ र प्रदेश सभाको आम निर्वाचनको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) धनकुटाको मिति २०७९ असोज ८ गते जिल्ला समन्वय समितिको बैठक बसी जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजक सहित समन्वय समितिमा रहेका सबैले आफ्नो पदीय जिम्मेवारीबाट सामूहिक राजीनमा दिएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ। 

यसअघि धनकुटाका नेता तथा माओवादी पोलिटब्युरो सदस्य हेमराज भण्डारीले प्रतिनिधि सभाको उम्मेदवारी घोषणा गरेका थिए । विज्ञप्तिमा भण्डारीलाई स्वतन्त्र उम्मेदवारका रुपमा समर्थन गर्ने समेत घोषणा गरिएको छ।

CPN-maoist-dhankuta1664100451.png

‘आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्न सक्ने आधार सहित प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारको रुपमा धनकुटेली जनतामा जाने, हेमराज भण्डारी (सुदर्शन) को प्रस्तावलाई पूर्ण रुपमा समर्थन गर्दै उहाँको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय सार्वजनिक गर्न यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्