Kathmandu Press

सिइओको राजीनामा माग गर्दै केयुकेएलमा तालाबन्दी र धर्ना

कर्मचारीहरुले आफूहरुको माग पुरा नभए पानी उत्पादन, प्रशोधन र वितरण बाहेकका सम्पूर्ण कामहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन्। 
सिइओको राजीनामा माग गर्दै केयुकेएलमा तालाबन्दी र धर्ना

काठमाडाैं, असाेज ९ : विभिन्न कर्मचारी संगठनहरुले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यको राजीनामा माग गर्दै तालाबन्दीसहित धर्नालाई जारी राखेका छन्।

केयुकेएललाई अघि बढाउन कार्यकारी अधिकृत शाक्य असक्षम भएको भन्दै तीन दिन अघि उनको कार्यकक्षमा तालाबन्दी गरेका कर्मचारीहरुले धर्नालाई जारी राखेका हुन्। शाक्यबाट राम्रो कार्यसम्पादन हुन नसकेकाले राजीनामा दिनुपर्ने उनीहरुले बताएका छन्।

कर्मचारीहरुले सञ्चालक समितिले आफूहरुसंग गरेको भद्र सहमति अनुसार द्रुत प्रकृयाबाट कार्यकारी अधिकृतको बहिर्गमन नगरेसम्म संस्थाभित्र मौलाएको बेतिथि, विसंगति, अपारदर्शिता नियन्त्रण हुन नसक्ने केयुकेएल एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीले बताए। 

कर्मचारीहरुले आफूहरुको माग पुरा नभए पानी उत्पादन, प्रशोधन र वितरण बाहेकका सम्पूर्ण कामहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएका छन्। 

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्