सर्वोच्चबाट बिदा हुँदै कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं, असोज ९ : कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आज (आइतबार) सर्वोच्चबाट बिदा हुँदैछन्।
उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की असोज १६ गतेदेखि अवकाशमा जाँदै छन् । उनको बिदाई भने आज हुनेछ ।
भोलिदेखि सर्वोच्च अदालत दसैंका लागि बन्द हुने भएका कारण आज दिउँसो तीन बजे उनको बिदाइ गर्न लागिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग लागेर निलम्बनमा परेपछि गत फागुन १ गतेदेखि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए। कामुकै रुपमा उनी सर्वोच्चबाट बाहिरिन लागेका हुन्।
प्रकाशित मिति: १४:४६ बजे, आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











