Kathmandu Press

उम्मेदवारको खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाव

सूचना आयुक्त कमला ओली थापाले आगामी निर्वाचनलाई निश्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको जानकारी दिइन्।
उम्मेदवारको खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाव

काठमाडाैं, असाेज ९ : राष्ट्रिय सूचना आयोगले निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ।

२०७९ वैशाखदेखि हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयन पत्र तथा संलग्न कामजातहरु सर्वसाधारण मतदाताहरुले पनि जानकारी पाउने गरि सार्वजनिक गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको जानकारी दिएका हुन्।

आयोगकी सूचना आयुक्त कमला ओली थापाले आगामी निर्वाचनलाई निश्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको जानकारी दिइन्। त्यस्तै माग गरिएको सूचना उपलब्ध नगराउने रौतहटको राजपुर नगरपालीका र त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई जरिवाना गरिएको सूचना आयुक्त थापाले बताइन्।

उनले यस अवधिमा १२३ वटा पुनरावेदनउपर कारबाही भएको जानकारी पनि दिइन्। आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउन सूचना दाताको संरक्षणसम्बन्धी नियमावलीको मस्यौदालाई सुझावसहित सञ्चार मन्त्रालयमा स्वीकृतिका लागि पठाएको उनले बताइन्।

उनले विभिन्न निकायमा सूचना अधिकारीको स्पष्ट विवरण उल्लेख गर्न पुन ध्यानाकर्षण गराएको समेत धारणा राखे।

सूचना आयोगले स्थानीय तहको खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्ने, बजेटअनुसार भएका कामको नियमति रुपमा सार्वजनिक गर्ने, सूचनाको हकसम्बन्धी कानुन तथा आयोगका आदेश पालना गर्न लगाउन लगाएका आदेश दिइएको जनाएको छ। 

प्रकाशित मिति: १३:५० बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्