Kathmandu Press

सबै तहमा डेंगीको परीक्षण र प्रारम्भिक उपचारको आवश्यक व्यवस्था गर्नुपर्छ : सिंह

नेता सिंहले आपत्तको समयमा सबै मिलेर काम गर्नुपर्ने र यसलाई समाजले लेखाजोखा गर्नुपर्ने धारणा राखे।
सबै तहमा डेंगीको परीक्षण र प्रारम्भिक उपचारको आवश्यक व्यवस्था गर्नुपर्छ : सिंह

काठमाडाैं, असाेज ९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सबै तहमा डेंगीको परीक्षण र प्रारम्भिक उपचारको आवश्यक व्यवस्था गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा नेता सिंहले वडामै डेंगी परीक्षण व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। नेता सिंहले आपत्तको समयमा सबै मिलेर काम गर्नुपर्ने र यसलाई समाजले लेखाजोखा गर्नुपर्ने धारणा राखे।

पैसा कमाउन जनप्रतिनिधि नबनेको भन्दै उनले पदमा बसेर लाभ लिने काम गर्न नहुने जिकिर गरे। नेता सिंहले राम्रो गर्न चाहनेहरुलाई जनताले मौका दिनुपर्ने बताए।

उनले युवाहरुलाई स्वरोगजार बनाउन कांग्रेसको ध्यान केन्द्रित हुने पनि बताए।

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्