राष्ट्रपतिको कदमविरुद्धको रिट : सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
आइतबार हरि फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयसँग विधेयक प्रमाणीकरण नगर्नुको कारण मागेको हो ।
काठमाडौं, असोज ९ : नागरिकत विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
आइतबार हरि फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयसँग विधेयक प्रमाणीकरण नगर्नुको कारण मागेको हो । अधिवक्ता सुनिलरञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सागर बराल, देव शर्मा र सोनु रौनियारले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।
शुक्रबार हेर्न .नभ्याइनेमा परेको उक्त रिटलाई आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो।
संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो ।
तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।











