Kathmandu Press

प्रदेश १ का मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त 

प्रदेश १ का मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त 

काठमाडौं, असोज ९ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठलाई जिम्मेवारीबाट हटाएका छन् । 

आइतबार मुख्यमन्त्री राईले श्रेष्ठलाई हटाएर परिवर्तन राईलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्ता नियुक्त भएका राई खोटाङका हुन्। 

नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले सपथ गराएका हुन् ।

श्रेष्ठ गत पुस २३ गते मुख्यन्यायधिवक्ता नियुक्त भएका थिए । उनलाई पदमुक्त गर्नुको कारण खुलाइएको छैन ।  

प्रकाशित मिति: १३:०६ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्