Kathmandu Press

नेसन्स लिग : चेकलाई हराउँदै पोर्चुगल शीर्ष स्थानमा, स्वीट्जरल्यान्डसँग हार्‍यो स्पेन

अब अन्तिम खेलमा पोर्चुगल र स्पेन तथा स्वीट्जरल्यान्ड र चेक रिपब्लिक भिड्ने छन्। यो समूहबाट पोर्चुगल र स्पेनमध्ये एक टिम सेमिफाइनल पुग्ने छन्।
नेसन्स लिग : चेकलाई हराउँदै पोर्चुगल शीर्ष स्थानमा, स्वीट्जरल्यान्डसँग हार्‍यो स्पेन

कठमाडाैं, असाेज ९ : चेक रिपब्लिकमाथि सानदार जित निकाल्दै पोर्चुगल युईएफए नेसन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको लिग एको समूह २ को खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि ४–०को जित निकाल्यो ।

पोर्चुगलको जितमा डिएगो डालोटले २ तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले गोल गरे । गोलमा दुवै हाफमा समान २ गोल भएको थियो।

३३औं मिनेटमा राफ लियोको क्रसमा डालोटले पोर्चुगललाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मारियो रुइको पासमा फर्नान्डेसले पोर्चुगलको अग्रता दोब्बर बनाए।

पहिलो हाफकै इन्जुरी समयमा चेकले पनि गोलको अवसर पयो । तर, उसका प्याट्रिक सिक पेनाल्टीमा गोल गर्न चुके । डिबक्समा रोनाल्डोले ह्यान्ड गरेपछि चेकले पेनाल्टी पाएको थियो।

५२औं मिनेटमा फर्नान्डेसको पासमा डालोटले नै गोल गर्दै पोर्चुगललाई ३–०को अवस्थामा ल्याए। त्यसपछि रोनाल्डोको पासमा ८२औं मिनेटमा जोटाले गोल गरेपछि पोर्चुगल ४–०ले विजयी भयो।

यसैगरी यही समूहको अर्को खेलमा स्पेन स्वीट्जरल्यान्डसँग पराजित भयो । शनिबार राति भएको खेलमा स्पेन स्वीट्रल्यान्डसँग २–१ले पराजित भएको हो।

स्पेनलाई स्तब्ध बनाउने क्रममा स्वीट्जरल्यान्डमा म्यानुअल एकान्जी र ब्रिल इम्बोलोले गोल गर्दा स्पेनका जोर्डी अल्बाले गोल गरेका थिए।

२१औं मिनेटमा एकान्जीको गोलमा स्वीट्जरल्यान्डले सुरुआती अग्रता लियो । ५५औं अल्बाले खेललाई १–१को बराबरीमा ल्याए। ५८औं मिनेटमा एम्बोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई जित दिलाए।

समूह २ मा पोर्चुगल ३ जित, १ बराबरी र १ हारसहित १० अंक जोड्दै शीर्ष स्थानमा छ । पराजित भएको स्पेन ८ अंकसहित दोस्रो स्थानमा छ भने स्वीट्जरल्यान्ड ६ अंकसहित तेस्रो स्थानमा छ। पुछारमा रहेको चेकको ४ अंक छ।

अब अन्तिम खेलमा पोर्चुगल र स्पेन तथा स्वीट्जरल्यान्ड र चेक रिपब्लिक भिड्ने छन्। यो समूहबाट पोर्चुगल र स्पेनमध्ये एक टिम सेमिफाइनल पुग्ने छन्। जसमा पोर्चुगललाई बराबरी नै काफी छ भने स्पेनलाई निश्चित जित आवश्यक छ।

 

प्रकाशित मिति: १०:५६ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्