Kathmandu Press

राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै आयोग

निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा निर्वाचन आयोगले राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै छ।
राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै आयोग

काठमाडौं, असोज ९ : निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा निर्वाचन आयोगले राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै छ।

आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित राजनीतिक दलका पदाधिकारीलाई छलफलमा बोलाएको हो। आयोगले निर्वाचन आचारसंहिताका विषयमा छलफल गर्ने जनाएको छ।

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। यसमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आयोगले छलफल गर्न लागेको हो।

आयोगले केही दिनमै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसमा राजनीतिक दलको प्रतिवद्धता लिन खोजेको जनाइएको छ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले तयारी गरिरहेको छ। सबै जिल्ला र क्षेत्रमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिसकेको छ।

त्यस्तै, समानुपातिक तर्फको उम्मेदवारको सूचीमाथि पनि छानबिन गरिरहेको छ। असोज १९ गतेसम्म समानुपातिक उम्मेदवारी सच्याउने समय तोकिएको छ।

प्रकाशित मिति: ०७:५६ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्